गृहमन्त्रीको आलोचना तपाईंको सरकार, तपाईंलाई मुबारक- रवि लामिछाने

९ पुस, चितवन । चितवनको नारायणगढमा सोमबार बिहान पत्रकारहरुसँग राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन् ।

रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसमा आफूलाई चासो नै नभएको बताए । उनले भने, ‘यो सरकार फेरबदल हुनलाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्याहो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला । तपाईंको सरकार तपाईंलाई मुबारक । म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन । मलाई त्यसमा कुनै चासो छैन ।’

उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए । आफूविरुद्ध मकैको खोया प्रहार भएको प्रसंग जोड्दै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे । उनले भने,‘सबै प्रपन्च खोयाबाट सुरु गरेर कहाँसम्म पुग्ने विचार गर्नु भएको छ गृहमन्त्रीले,गृहमन्त्रीज्यू पहिले आफ्ना वरपरका मान्छेलाई सम्हाल्नुपर्यो तपाईंले ।’

राष्ट्रिय परिचय पत्र छाप्ने जिम्मा विदेशी कम्पनीलाई दिइएको भनेर पत्रिकामा आएको समाचारको आधारमा गृहमन्त्रीले छानविन समिति बनाएको, समितिले आफूसँग वयान पनि लिएको तर त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक नगरेको भन्दै लामिछानेले आक्रोश पोखे । उनले सुन तस्करी प्रकरणबारे प्रधानमन्त्री कार्यालय मातहतको राजश्व अनुसन्धान विभागले राम्रोसँग अनुसन्धान गरिरहेको बेला गृह मन्त्रालयले प्रहरीमार्फत् ल्याएर मुद्दा कमजोर बनाएको आरोप समेत लगाए ।

मुद्दा कमजोर बनाएर आफ्नालाई बचाएको गृह प्रशासनले रवि लामिछानेलाई कसरी फसाउने भनेर षडयन्त्र गरिरहेको आशंका समेत उनले गरे ।


प्रतिक्रिया