नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सम्झौता

काठमाडौं १३ जेठ । नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच सम्झौता भएको छ ।  मेडिकल सेन्टरमा सहुलियत दरमा उपचार प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा कोषका पोखरा शाखा प्रमुख नवराज गौतम र पोलिक्लिनिकको तर्फबाट प्रवेश चन्द्र उप्रेतीले हस्ताक्षर गर्नु भएको छ । 

सम्झौतामा कोषका कर्मचारी, सञ्चालक र परिवारका सदस्यलाई ल्याब, बेड, फार्मेसी, अल्ट्रासाउण्ड, इसिजि र एक्स्रेलगायतमा १० देखि २५ प्रतिशतसम्म छुट दिइने कोषको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया