सर्वनाममा फागुन १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु

काठमाडौं १६ फागुन । काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न सहरका २ सय बढी रंगकर्मी तथा कलाकारहरूको सहभागिता रहनेछ । “शान्तिको लागि थिएटर, संस्कृतिहरुको आदानप्रदान र दिगो भविष्य संरक्षण“ मूल नारा रहेको महोत्सवमा विभिन्न सहरका २ दर्जनबढी नाटकहरु प्रदर्शन हुनेछन्  । नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा गरि १३ ओटा नाट्यप्रशिक्षण तथा कार्यशालाहरु पनि सञ्चालन हुने बताइएको छ । प्रत्येक कार्यशाला फरक फरक देशका रंगकर्मीहरुले गराउनेछन् ।

प्रतिक्रिया