पोखरा । पोखराको वीरेन्द्र चोकमा मध्यराति पौने २ बजेतिर स्व.राजा वीरेन्द्रको सालिक ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति सालिक ठड्याइएको हो ।
करिब २५ लाख लागतमा सालिक निर्माण गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । सुरुमा २०५९ सालमा क्षेत्रबहादुर केसीले राखेको सालिक २०६२–०६३ को जनआन्दोलनको क्रममा फालिएको थियो ।
त्यतिबलै सालिक पुनःस्थानपनाको लागि समिति गठन भएको थियो । तर समितिले काम गर्न सकेको थिएन । ‘समिति धेरै पटक पुनर्गठन भयो । अहिले मात्र सम्भव भयो,’ उनले भने । अहिले ८ फिट अग्लो सालिक ठड्याइएको हो ।
९ पुस २०८०, सोमबार ०९:४४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार