नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा

काठमाडौं ९ पौष । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी राईथापा निर्वाचित भएकी छन् । इटहरीमा भएको पुस ६ गतदेखि पुस ८ गतेसम्मको महाधिवेशनबाट थापा अध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षमा थापाले ७६२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी जीवन कार्कीले ४५३ मत ल्याउनुभएको थियो । राष्ट्रिय अध्यक्षमा निर्वाचित हुनुभएका थापा २०१९ मा मनोहरा जेसीजको अध्यक्ष हुनुहुन्थ्यो । सन २०२९ मा राष्ट्रिय उपाध्यक्ष र सन २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बन्नुभएको थियो । इटहरीमा भएको निर्वाचनबाट राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित हुनुभएको छ । ८ जनाको प्रतिस्पर्धाबाट जम्मा ४ जना निर्वाचित भएका हुन् । राष्ट्रिय उपाध्यक्षमा १२ जना निर्वाचित भएका छन् । सन्दिप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, सगंम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्जवल काबरा, सुवास गौतम, राघव कोईराला र मनिप्रसाद कोईराला निर्वाचित हुनुभएको छ । महासचिव र कोषाध्यक्षमा भने मनोनीत गर्ने व्यवस्था छ । जेसीजमा १७८ शाखा छन् । १ हजार २ सयभन्दा बढी मतदाता थिए । अध्यक्षमा निर्वाचित थापा नेपाली कांग्रेसको नेता हुनुहुन्छ । उहाँ २०७९ सालको स्थानिय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार हुनुहुन्थ्यो । 

प्रतिक्रिया