आमाको नामबाट नागरिकता

काठमाडौं १७ माघ । नेपाली आमाबाट जन्मेका नागरिकले बाबुको नामबाट पनि नागरिकता प्राप्त गर्न सक्ने गरी सरकारले सशोंधित विधेयक ल्याएको छ । गृह मन्त्रालयद्धारा तयार गरिएको उक्त विधेयक संसदमा दर्ता गरिएको छ । विधेयकअनुसार यसरी नागरिकता प्राप्तिका लागि सम्बन्धित निकायमा निवेदन दिनुपर्नेछ । यस प्रक्रियाबाट जारी नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख गर्नुपर्ने स्थान खाली राखिने व्यवस्था गरिएको छ । नागरिकता ऐन, ०६३ लाई संशोधन  गर्न बनेको विधेयकको दफा ४ को उपदफा १ मा भनिएको छ । १क दफा ३ को उपदफा ५ बमोजिम दिईने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम,थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी दिनुपर्नेछ । 

विधेयकअनुसार जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएको, तर नागरिकता लिने अवधिसम्म सम्पर्क नभएको सन्तानले पनि बंशजको नागरिकता पाउन सक्नेछन् । तर त्यसका लागि सम्बन्धित व्यत्तिले बाबुको पहिचान नखुलेको र हालसम्म सम्पर्कमा पनि नरहेको भनि स्वघोषणा गर्नुपर्नेछ । विधेयकको दफा २ को उपदफा २ मा भनिएको छ , कुनै व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्रमा बाबुको नाम उल्लेख भएतपनि निजको बाबुको अन्य पहिचान नखुलेको र हाल सम्पर्कमा नरहेको भनि निजले स्वघोषणा गरेमा त्यस्तो ब्यक्तिको बाबुको पहिचान नभएको मानिनेछ र निजले उपदफा ५ बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछन् ।  

प्रतिक्रिया