काठमाडौं ७ मसिंर । गोकर्णेश्वर नगरपालिकाले पाठेघरको मुखको क्यान्सर साथै स्तन क्यान्सरको परिक्षण र उपचार निशुल्क रुपमा गर्दै आएको छ । गोकर्णेश्वर नगरपालिकाका महिलाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नगरपालिकाले निशुल्क रुपमा परिक्षण र उपचार शुरु गरेको हो । नगरपालिकाले आम्दा नेपाल र गृहिणी महिला संघ नेपालसँग मिलेर निशुल्क रुपमा परिक्षण र उपचार गरिरहेको छ । पालिकाले निति तथा कार्यक्रममा नै समावेस गरेर पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निशुल्क उपचार र परिक्षण गर्दै आएको नगरपालिकाले जानकारी दिएको छ । हालसम्म १५ सय महिलाले परिक्षण गराइसकेका र १ सय ७५ जना महिलाको निशुल्क उपचार भैइसकेको नगर प्रमुख दिपक रिसालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ म दिदिबहिनीहरुको स्वास्थ्यमा सम्बेदनसिल छु, परिक्षण गराउन छुट्नु भएका दिदिबहिनीहरुका लागि यो अभियान निरन्तर चलिरहने छ ।’
पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको परिक्षण र उपचार गोकर्णेश्वर नगर अस्पताल र नेपाल मेडिकल कलेजमा हुदै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार