पहेलो बस्त्रमामा एमालेका नेताहरू : झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा ‘मन्दिरैपिच्छे’पूजा !

काठमाडौं– नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ यात्राको दोस्रो दिन सामाजिक संजालमा रंगिएका फोटोहरु हेर्ने हो भने ‘राजनीतिक यात्रा हो कि तीर्थ जात्रा हो छुट्याउन कठिन छ।  


एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियानमा सहभागी नेताहरूले सार्वजनिक गरेका फोटोतर्फ रहेको सहजै बुझ्न सकिन्छ।तीन हप्तासम्म चल्ने भनिएको अभियान मंसिर १४ गते पश्चिम नेपालको झुलाघाटबाट सुरु भएको छ। अभियानमा सहभागी नेताहरूले फेसबुकमा फोटोहरू पोस्ट गरिरहेका छन्। जहाँ उनीहरूको धार्मिक रुझान प्रष्ट देखिन्छ।

गत कात्तिक २२ गते बसेको एमालेको सचिवालय बैठकपछि यस अभियानबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले अभियानका क्रममा मध्यपहाडी लोकमार्गका विभिन्न शहरी क्षेत्रहरूमा सभा, भेला, अन्तर्क्रिया गरिने बताएका थिए।

त्यस्तै, त्यहाँका उद्यमी व्यवसायीहरूसँग भेट गर्ने, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्ने, विकासका चुनौतीहरूलाई सुन्ने, ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने उनको भनाइ थियो।

प्रतिक्रिया