काठमाडौं ९ पौष । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोही अन्तर्गत महालक्ष्मी विकास बैंकको लालबन्दी शाखाद्धारा रोटरी क्लब अफ ठमेल काठमाण्डौं र रोट¥याक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेजको संयुक्त पहलमा गरिएको परियोजना “परियोजना न्यानो “ अन्तर्गत मिति २०८१ साल पौष १३ गते ईश्वरपुर नगरपालिका वडा न. २, सर्लाहीका सीमान्तकृत मुसहर समुदायलाई न्यानो डस्ना, ब्ल्याङ्केट र कपडाहरु वितरण गर्न आर्थिक सहयोग गरेको छ । त्यसै गरी बैंकको राजापुर शाखाद्वारा मिति २०८१÷०८÷२२ गते देखी मिति २०८१÷०८÷२९ गते सम्म धार्मिक सप्ताह श्रीमद् भागवत ज्ञानमहायज्ञ संचालन भएकोमा अमर शहिद बहुमुखी क्याम्पस सँगको सहकार्यमा उक्त अवधिभर जथाभावी भएको फोहोर संकलन तथा क्याम्पस रोड र क्याम्पस परिसर भित्र सरसफाई गर्न तथा फोहोरमैलाहरु व्यवस्थापन गर्न डस्टबिनहरु वितरण गरेको छ । श्री राजदेवी साङ्गितिक समुह, कलैया बाराले कलैया उ.म.न.पा, वडा न. १ स्थित राजदेवी माता मन्दिरको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यत्रममा आवश्यक पर्ने फलफुल, जुस, साउण्ड सिष्टम, मिठाई लगायतका सामाग्रीहरु खरिद गर्न यस बैंकले आर्थिक सहयोग गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार