जापान सरकारद्वारा कागेश्वरी मनोहरा नगरपालिकालाई अग्निनियन्त्रण सवारी हस्तान्तरण

काठमाडौं २० कार्तिक । जापान सरकारले कागेश्वरी मनोहरा नगरपालिकालाई अग्निनियन्त्रण सवारी हस्तान्तरण गरेको छ । 

नगरपालिकाको जनसुरक्षा र आपतकालीन सेवा सुदृढीकरणका जापान सरकारले उक्त सवारी हस्तान्तरण गरेको हो । Grant Assistance For Grassroots Human Security Projects GGP कार्यक्रम अन्तर्गत नेपालस्थित जापान दूतावासले अत्याधुनिक अग्निनियन्त्रण सवारी Fire Truck  सहयोग प्रदान गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले यस सहयोगबाट नगरको अग्निनियन्त्रण, उद्धार र आपतकालीन सेवाको क्षमतामा उल्लेखनीय सुधार हुने बिश्वास गर्नुभएको छ । 


प्रतिक्रिया