काठमाडौं १८ फागुन । चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । निर्माणपक्षले काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु गरेको हो । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने भनिएको उक्त चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने चलचित्रमा माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहने बताईएको छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रमा महेश दवाडीको लेखन रहने छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायाँकन चितवन र हेटौडाका विभिन्न जिल्लामा गरिन भनिएको छ । सिनेमाका डिओपी मानकृष्ण महर्जन रहेका छन् ।
१८ फाल्गुण २०८१, आईतबार ०९:०२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार