एवान बजारको अमेरिकी राजदुत डिन आर थम्पसनबाट उद्धघाटन हुने

काठमाडौं २१ मसिंर । आउँदो शनिबार सोल्टी होटल काठमाडौंमा एवान बजार आयोजना हुने भएको छ । एक्टिभ उमन अफ नेपाल (एवान) ले विगत चार दशक यता संचालन गर्दै आएको एवान बजारको २०२४ संस्करण आउदो शनिवार डिसेम्बर ७ मा आयोजना हुने भएको हो । जसको अमेरिकी राजदुत डिन आर थम्पसनले विहान ११ बजे उद्धघाटन गर्नेछन् भने यस कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका राजदुत तथा कुटनितीज्ञहरुले सहभागिता जनाउने जानकारी दिइएको छ ।

एक सयभन्दा बढी स्टल रहने एवान बजारमा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिले आफ्नो रुचीका आधारमा गरेका स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिईदै आएको छ । यस बजारमा स्टार्टअप कम्पनी, अर्गानिक प्रोडक्ट, विभिन्न किसिमका स्थानिय उत्पादन, फेसनवेयर, हस्तकलाका सामाग्री लागयतका स्टलहरु रहनेछन् । विभिन्न किसिमका आकर्षक स्थानिय रुपमा उत्पादन गरिएका क्रिसमस सजावटका सामाग्रीहरु समेत रहने यस एवान बजारमा बालबालिकाका लागि विशेष आकर्षण रहने छ । यस बजारमा बालबालिकाका लागि विभिन्न आकर्षक गेम तथा एक्टिभिटीहरु संचालन गरिनेछ । एवान बजारबाट संकलित रकम समेत एवनका च्यारिटेबल कार्यहरूमा खर्च गरिने भनिएको छ । ७५ वर्ष अगाडि अमेरिकन एम्बेसीमा कार्यरत महिला तथा एक्स्प्याटस्ले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्थामध्ये एक हो । जुन समयसँगै अमेरिकन एम्बेसीमा सीमित नभएर नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो । भूकम्प, कोभिड, वाढी, पहिरो जस्ता दैवी प्रकोपमा विभिन्न किसिमका सहयोग गरेको एवनले असहाय तथा आर्थिक रुपमा विपन्न ब्याक्तिलाई ह्विल चेयर वितरण, औषधी उपचार सहयोग, छात्रबृत्ती प्रदान लगायतका कार्यहरुमा सक्रियता जनाउँदै आएको छ । यहाँ स्मरणीय छ हाल एवन की अनररी प्रेसिडेन्ट अमेरिकी दुतावास की जेन क्रिल थाम्पसन रहेकी छिन् । उनी अमेरिकी राजदुत श्रीमती हुन् ।

सोल्टी होटल परिसरमा शनिवार विहान ९ बजे देखी साँझ ६ बजे सम्म आयोजना गरिने एवान वजार बाट संकलित रकम आगामी बर्षका च्यारिटेबल कार्यहरुमा खर्च गरिनेछ । यो कार्यक्रमको महत्व बारे उजागार गर्दै एवन की प्रेसिडेन्ट बाबा सरकार श्रेष्ठ भन्छिन्, “यो एवन बजार मनोरंजनका लागि मात्र होईन, यो एउटा अवसर पनि हो, परोपकारी भावनाको साटासाटको । हामी बर्षेनी एवान बजार आयोजना गरेर नयाँ सालको स्वागतको तयारी मात्र होईन, परोपकारी हातहरु जुटाउने र एकठाउँमा भेला भएर सहयोगका प्रतिबद्धताहरु पनि गर्छौं ।”


प्रतिक्रिया