मतपत्रका नमूना सार्वजनिक

काठमाडौं ७ मसिंर । आगामि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका डिजाइनहरू आयोगले तयार गरेको छ । उम्मेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्रहरू तयार गरिएका छन् । स्वीकृत डिजाइन बमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन् । 

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडामा प्रयोग गर्ने गरी तयार भएका मतपत्रका नमूनाहरू सम्बन्धित सबैको जानकारीको लागि आयोगको वेबसाइट www.election.gov.np मा राखिएको छ । उक्त नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने समेत निर्वाचन आयोगले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।


प्रतिक्रिया