काठमाडौं ७ पौष । नागरिक लगानी कोष र म्याग्दी हाईड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । हाइड्रोपावरले प्रति सेयर एक सय रुपयाँका दरले ४७ लाख ४५ हजार कित्ता बापतको ४७ करोड ४५ लाख रुपयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग सम्झौता गरेको हो । सम्झौताको मिति ६ महिनाको रहने नागरिक लगानी कोषले प्रेस विज्ञप्तिमा जनाएको छ ।
७ पुस २०८१, आईतबार ०७:४७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार