काठमाडौँ १२ कार्तिक । ‘बेली चमेली’ गीत सार्वजनिक भएको छ । गीतमा स्वाती भाटको मुख्य स्वर, बिनोद ढकालको ¥याप तथा निशाद चन्द्राको संगीत संयोजन रहेको छ । गीतको मिक्स–मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ् इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले गरेका हुन् ।
नेपाल–भारत सहकार्यमा तयार गरिएको गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यस गीतको भिडियोमा नायक पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको मनमोहक अभिनय तथा नृत्य देख्न सकिन्छ । उनीहरुलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिएका छन् ।
कवीराज गहतराजको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पललाई एउटा फरक र रोचक शैलीमा प्रस्तुत गरिएको छ ।
१३ कार्तिक २०८२, बुधबार ०७:३४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार