अस्पतालका विरामीहरुलाई फलफूल वितरण

 काठमाडौ १३ बैशाख । भक्तपुर इटा उद्योग व्यवसायी संघले भक्तपुरका चार वटा अस्पतालहरु तथा एउटा आदर निकेट (बृद्धाश्रम) का बृद्धबृद्धाहरुलाई फलफूल वितरण गरेको छ । नेपाल इटा उद्योग महासंघ स्थापनाको १९ औ वार्षिकोत्सवको अवसरमा जिल्लाका भक्तपुर अस्पताल, सूर्यविनायक अस्पताल, चागुनारायण अस्पताल र ख्वप अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल तथा हर्लिक्स वितरण गरेको हो । संघले भक्तपुर नगरपालिका वडा नं ९ च्याम्हासिंहस्थित भक्तपुर आदर निकेतनका गरी करिव एक सय ७५ जना जेष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको आयोजक संघका अध्यक्ष नातिभाइ ह्योम्वाले बताउनुभएको छ । 

प्रतिक्रिया