काठमाण्डौं २२ माघ । लोकदोहोरी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिका बीचको मायालाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । मौलिक लयमा सिर्जना भएकाले आम दर्शक तथा स्रोताले ‘कलकल बगेको खोली ’गीतलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका थापाले बताइन । गीत सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको छ । आफ्नो प्रेमी आफ्नो मायामा संसारमा रमाउनका लागि आएकोमा गायिका निकै खुसी भएकी छन् । रेशम दलामीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा कुमार केसीको निर्देशनमा भिडियो सार्वजनिक भएको छ । उक्त गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभियन रहेको छ ।
२२ माघ २०८१, मङ्गलबार ०६:१० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार