नागरिक लगानी कोष र एल.सी. इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौं ६ फागुन । नागरिक लगानी कोष र एल.सी. इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । समझौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल. सी. इनर्जीका प्रबन्ध सञ्चालक विश्व हस्ताक्षर गर्नुभएको हो । एल. सी. इनर्जीले प्रति सेयर एक सय रुपयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपयाँ बराबरको सेयर निष्कासन गर्ने सम्वन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ । 

प्रतिक्रिया