आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुन सक्ने

काठमाडौं १२ मसिंर ।  निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुन सक्ने जनाएको छ । आगामी मसिंर १६ गते हुन गईरहेको स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न मसिंर २ गते देखि नै सम्बन्धित जिल्लाहरूमा निर्वाचन आचारसंहिता लागू भएको छ ।  प्रचारप्रसारको क्रममा काठमाडौँ जिल्लामा आचारसंहिताको उल्लंघन भएको भनी आयोगमा सूचना प्राप्त भएकोले निर्वाचन आयोगबाट लागू गरिएको आचारसंहिताको पालना भए/नभएको सम्बन्धमा अनुगमन गर्न काठमाडौँ महानगरपालिका-१६ र कीर्तिपुर नगरपालिकाका लागि अनुगमन टोली गठन गरी परिचालन गरिएको छ । निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिहरूको अनुगमन गरी आचारसंहिता उल्लंघन गरेको पाईएमा निर्वाचन (कसुर तथा सजायँ) ऐन, २०७३ बमोजिम कारबाही गर्न अधिकार सहितको टोलीलाई  निर्वाचन आयोगले मिति १२ गतेदेखि नै खटाएको छ । उपनिर्वाचन हुने प्रत्येक स्थानीय तहमा निर्वाचन प्रचारप्रसारको सुक्ष्म अनुगमन भइरहेको छ । 

काठमाडौँ जिल्लामा खटिएको अनुगमन टोलीः

समूह (१)  काठमाडौँ महानगरपालिका वडा नं.१६

१. सहसचिव श्री नारायण प्रसाद सापकोटा

२. सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्री दिग विजय सुवेदी

३. उपसचिव (कानून) श्री सीता पुन श्रीष 

४. प्रहरी उपरीक्षक श्री सञ्जयसिँह थापा

समूह (२)  कीर्तिपुर नगरपालिका

१. प्रहरी वरिष्ठ उपरीक्षक श्री दीपक रेग्मी

२. उपसचिव डा थानेश्वर भुसाल

३. उपन्यायाधिवक्ता श्री केदारकुमार अधिकारी 

४. सशस्त्र प्रहरी उपरीक्षक श्री अशोक न्यौपाने

प्रतिक्रिया