काठमाडौं ७ फागुन । कागेश्वरी मनोहरा नगरपालिकाले कागेश्वरी मनोहरा पर्यटन महोत्सव मनाउने भएको छ । वडा नम्वर १ मा रहेको तीर्थस्थल कागेश्वरी मन्दिर परिसरको गागलफेदी धाममा उक्त महोत्सव मनाउने भएको हो । देशका ख्यातीप्राप्त कलाकारहरुको दमदार प्रस्तुतीसहित महोत्सव मनाउने नगरपालिकाले जनाएको छ । संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेले उद्घाटन गरिने यस महोत्सवमा कलाकारहरु, राजनितिज्ञहरु, र नगरवासीहरुको उल्लेख्य उपस्थितिमा हुन गईरहेको छ । महोत्सवमा स्थानिय उत्पादन, स्थानिय रहनसहन, झाँकी, परम्परा र संस्कृतिहरुको प्रर्दशन हुने कागेश्वरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले बताउनुभएको छ । यस महोत्सवले कागेश्वरीको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदान हुने मेयर कार्कीको विश्वास रहेको छ । कागेश्वरी मनोहराले हरेक वर्ष यो महोत्सव मनाउदै आइरहेको छ । फागुन ७ गते हुने यो महोत्सव ११ औं संस्करण हो । हास्य कलाकार मनोज गजुरेल, सि.पी. पुडासैनी – धतुरे) लगायतका विभिन्न ख्यातिप्राप्त कलाकारहरुको प्रर्दशन रहने नगरपालिकाले जानकारी दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार