काठमाडौ १६ फागुन । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र माल्द्वीपसका सभामुख अब्दुल रहीम अब्दुल्ला संग शिष्टाचार भेट गरेका छन् । बिहीबार माल्द्वीपसको संसद भवनमा भएको भेटमा द्विपक्षीय हितमा, संसदीय आदानप्रदान अभिबृद्धि र क्षेत्रीय स्तरमा सहकार्य गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ । सांसद ढकालले नेपालका सभामुख देबराज घिमिरेको तर्फवाट माल्द्वीपसका सभामुख अब्दुल रहीम अब्दुल्लालाइ शुभकामना दिदै सार्क मुलुकका सभामुख र सांसदहरु बीचको आदानप्रदान बढाउनु पर्ने धारणा राखेका थिए । पूर्व मन्त्री समेत रहेका ढकाल माल्द्वीपसको २ दिने मैत्रीपुर्ण भ्रमणमा छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र माल्द्वीपसबीच सन१९८० मा कुटनैतिक सम्बन्ध स्थापना भएको थियो ।
१६ फाल्गुण २०८१, शुक्रबार ०८:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार