महोत्तरी २६ फागुन । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमाअन्तर्गत श्रद्धालु भक्तजन, साधु–सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ ।
परम्परागत रूपमा प्रत्येक वर्ष आयोजना हुने मिथिला मध्यमा परिक्रमा हिन्दू धर्मावलम्बीहरूका लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको छ । यस परिक्रमाले धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नुका साथै नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गर्छ ।
नेपाल–भारत खुला सीमाको कारण यात्रुहरूलाई सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवद्र्धन गर्ने अवसर पनि प्रदान गरेको संस्थाको केन्द्रीय अध्यक्ष डा.राजीव झाले बताए ।
२५ फाल्गुण २०८१, आईतबार ०७:२३ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार