काठमाडौं ९ फागुन । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ फागुन ७ गतेबाट सुरु भएको महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ शिवरात्रीसम्म चल्नेछ । पशुपतिनाथ मन्दिरको परिक्रमा गर्दै कलशयात्रा गरेर महायज्ञको उद्घाटन गरिएको थियोे । शिवसेना नेपाल, युथ फर नेशन तथा देशभक्त युवा नेपालको विशेष सहयोगमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन भईरहेको छ । अहिले धर्म धर्मबीच दूरी बढ्दै गएको बेला धार्मिक एकतालाई अझ मजबुत बनाई एकअर्को धर्मको सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महारुद्र परिवार फाउण्डेसनका अध्यक्ष खगेन्द्र पोखरेलले बताए । हिन्दु, बौद्ध, किराँतलाई जोडेर एकै स्थानमा गुरुकुल निर्माण गर्ने अभियान आफैबाट सुरुवात गरेको उनले बताए । नेपाल संस्कृति र प्रकृतिमा विश्वमै धनी देश भएको तर एक आपसमा फाटो आईरहेको समयमा धर्म संस्कृति बचाउँदै सबै सनातनीलाई साथमा लिएर अगाडि बढ्ने उनको भनाई छ । महायज्ञमा फागुन १० गते शनिबार बौद्धिष्ट गुरुहरुको उपस्थितिमा बौद्ध धर्म विधिअनुसार पूजाविधि र फागुन १४ गते किराँत धर्मगुरुहरुको उपस्थितिमा पूजाविधि हुनेछ । हिन्दु, बौद्ध, किराँतलाई जोड्ने यो अभियानमा सबैलाई साथ दिन महोत्सवका अध्यक्ष डा. निकोलस भुषालले बताए । अब कुरा मात्र हैन, देश बनाउने जिम्मा हाम्रो हो । हामी युवाहरु नै अग्रसर हुनुपर्छ भनेरनै यो महायज्ञ आयोजना गरिएको र “भोकालाई भोजन, प्यासीलाई पानी, बिरामीलाई उपचार” महायज्ञ समयसम्म मात्र नभई सधैंभरी चलिरहने उनले बताए । आफै डाक्टर भएका कारण बिरामीलाई निःशुल्क उपचार आफु बाँचुन्जेलसम्म गरिरहने उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार