चलचित्र पूर्णबहादुरको सारङ्गीको अपार सफलता

काठमाडौं ६ कार्तिक । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले देशभर हाउसफुल व्यापार गरिरहेको छ । देशभरिका अधिकांस शोहरु आउसफूल भईरहेका छन् । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले आजसम्म आइपुग्दा पनि हाउसफुल भईरहेको छ । अहिले यो फिल्म सर्वाधिक कमाउने चलचित्र बनेको छ । एकैदिनमा सर्वाधिक कमाउने नेपाली सिनेमा समेत बन्न सफल भएको ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन, सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका कम्तीमा ३५० भन्दा धेरै शो यो चलचित्रको कब्जामा छ । यस्तै, ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन ओभरसिज मार्केटमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ । विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ । साथै ‘पूर्ण बहादुरको सारङ्गी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । यो भ्रमणमा निर्माताहरुसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायतका कलाकार मूख्य शहरमा पुगेर चलचित्र मन पराईदिनुभएकोमा धन्यबाद भनिरहेका छन् । सरोज पौडेलको निर्देशनमा बनेको यो चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायतका कलाकार चलचित्रमा देख्न सकिन्छ । चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् ।

प्रतिक्रिया