नागरिक लगानी कोषमा आवद्धहरुलाई गंगालाल अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं  १८ फागुन । नागरिक लगानी कोषमा आवद्ध सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डेन र प्लेटेनियम कर्र्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट हुने भएको छ । मुटु सम्वन्धि उपचार गरिने गंगालाल अस्पतालमा १० प्रतिशत छुटको व्यवस्था भएको नागरिक लगानी कोषको प्रेस विज्ञप्तिमा उल्लेख  छ  । 

उक्त छुट सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रबी मल्लले हस्ताक्षर गुर्न भएको छ । 

प्रतिक्रिया