काठमाडौं, ६ पुष । स्याङ्जाको भीरकोटमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेसम्म चुनाव जितेका नेताहरुले मात्रै जितेको र जनताले हारेको टिप्पणी गरेका छन् । उनले अहिले देश र जनताले हारेको टिप्पणी गरे ।
देश र जनताले हारेको कुरा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ हजारौंको संख्यामा युवाहरु विदेश पलायन भएको दृश्यले देखाएको उनको भनाई छ ।
फरक प्रसंगमा उनले हिजो चप्पल पड्काएर आएका नेताका छोरा/छोरी र नाति नातिनीहरुको आज पाँचतारे होटलमा विवाह, ब्रतबन्ध र भोजभतेर गर्न सक्ने भएको र जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउन बाध्य भएको दाबी गरे ।
https://m.facebook.com/story.php?story_fbid=1069626454487651&id=1467433178&sfnsn=wa&mibextid=5SVze0
६ पुस २०८०, शुक्रबार ०८:२२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार