नेपाल मेडिकल कलेजको रजत जयन्ती

काठमाडौं १५ फागुन । नेपाल मेडिकल कलेजले रजत जयन्ती मनाएको छ । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले नेपाल मेडिकल कलेजको रजत जयन्तीमा उद्घाटन गर्नुभएको थियो । कलेजको रजत जयन्ती समारोह तथा नवनिर्मित डेण्टल भवनको उद्घघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले 

नेपाल सरकारका विभिन्न निकायबाट प्रदान गरिएका स्वास्थ्य बीमा कार्यक्रमसँगै गोकर्णेश्वर नगरपालिकासँग सहकार्य गरेर कलेजले प्रदान गर्दै आइरहेका स्वास्थ्य कार्यक्रमबाट गरिब, विपन्न तथा आम सर्वसाधारण नागरिकहरु लाभान्वित भएकोमा प्रशंसा गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पनि कलेजले दक्ष जनशक्ति उत्पादन र जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न पुर्याएको योगदानको प्रशंसा गर्नुभयो ।

नेपालको चिकित्सा क्षेत्रको वृहत्तर विकास र विस्तारमा निजी क्षेत्रले महत्वपूर्ण योगदानको दिएको भन्दै सरकार निजी क्षेत्रसँग आवश्यक सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने बताउनु भयो । नागरिकलाई गुणस्तरीय स्वास्थ्य प्रदान गर्न सरकारले ल्याएका बीमा कार्यक्रमहरुलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन सरकार लागि परेकोमा त्यसको कार्यान्वयनमा नेपाल मेडिकल कलेजले समन्वयकारी भूमिका निर्वाह गर्नेमा आफू विस्वस्त रहेको बताउनु भयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले समेत नेपाल मेडिकल कलेजले स्थानीय तहसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै कलेजको शैक्षिक कार्यक्रमहरुमा सिट संख्या थप्नुपर्ने, विदेशी विद्यार्थीहरु नेपालमा पढ्न आउने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले कलेजको विगत, बर्तमान अवस्थाका बारेमा बोल्दै सरकार एक्लैले जनतालाई स्वास्थ्य सेवा दिन नसक्ने बताउनु भयो । स्वास्थ्य प्राविधिक जनशक्ति उत्पादन गर्ने र स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा निजी क्षेत्रले ठूलो योगदान गरेको उहाँको दावी छ ।

तत्कालिन अवस्थामा अधिकांश चिकित्सा पेशामा संलग्न रहनुभएका व्यक्तित्वहरुको अठोटबाट चिकित्सा शिक्षा जस्तो तत्कालिन अवस्थामा नौलो व्यवसायिक काममा दुर्लभ आर्थिक श्रोत जुटाउने जमर्को गरी ‘‘नेपाल र नेपालीका लागि नेपालीकै लगानी’’ भन्ने मूल नाराका साथ २०५६ सालमा चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका विषयलाई एक साथ अगाडी बढाउन नेपाल मेडिकल कलेजको स्थापना भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया