काठमाडौं १० मसिंर । आज सुनको भाउ १५ हजार ९ सयले घटेको छ । नेपाल सरकारले भन्सार दर घटाएपछि बजारमा सुनको भाउ प्रति तोला १५ हजार ९ सयले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपिँयामा कारोवार भएको छ । हिजो मात्रै सुन प्रतितोला १ लाख ६७ हजार २ सय रपिँयामा कारोबार भएको थियो । सुनसगैँ चाँदीको पनि मूल्य घटेको छ । चाँदी प्रतितोला १८ सय ४५ रुपिँयामा पुगेको छ । गत विहिवार बसेको मन्त्रि परिषद बैठकले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशत कायम गर्ने निर्णय गरेसगैँ सुन चाँदीको मूल्य घट्न पुगेको हो ।
१० मङ्सिर २०८१, सोमबार ०६:२२ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार