काठमाडौं ६ फागुन । चलचित्र ‘लाज शरणम्’ कार्तिकसम्ममा बजारमा आउने विश्वास गरिएको छ । चलचित्र ‘लाज शरणम्’को टिमले यतिबेला गरिरहेको बहुत प्रचार, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत र टिजरमा देखिएको प्रोडक्सन भ्यालुले यो चलचित्रले बजार तताउला भनि अनुमान गर्न सकिन्छ । हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’, विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘बले’, सागर लम्साल ‘बले’लगायतका कलाकार यो चलचित्रमा देख्न सकिन्छ । यस चलचित्रमा भएको बालेनको गीतले चलचित्रमा तहल्का मच्चाउने विश्वास निर्माण पक्षले लिएको छ । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ । ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । यो चलचित्र फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार