रामेछापमा गाडी दुर्घटना ५ जनाको मृत्यु

रामेछाप १४ मसिंर । रामेछाप जिल्लामा सुमो गाडी दुर्घटना हुदा  घटनास्थलमै ५ जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाँउपालिका ३ सिमलडाँडामा गाडी दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै मृत्यु भएको हो । गाडी काठमाडौंबाट रामेछापतिर आईरहेको थियो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । गाडी भिरबाट खोचतर्फ करिव ३ सय मिटर तल झरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मृत्यु हुनेमा २ पुरुष २ महिला र १ बच्चा रहेका छन् ।

प्रतिक्रिया