बिपिनको शब्द र डेकेन्द्रको संगीतमा ’सुन्दर तिम्रो’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं २२ माघ । युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको  “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । “डेकेन्द्र प्रडक्शन“ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको  संगीत, र डिकेको सुमधुर स्वर रहेको छ । 

एबिस फिल्म्सको उत्कृष्ट छायाँकन  रहेको भिडियोलाई  अभिष थापाको निर्देशनमा तयार पारिएको हो । भिडियो म्याग्दीको बेनी बजार वरपर छायाँकन गरिएको हो । म्याग्दीको बेनी बजार, प्राकृतिक सुन्दरताका साथै सांस्कृतिक समृद्धिका कारण प्रसिद्ध छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित यो सहर, केवल भौगोलिक सौन्दर्यमा मात्र नभई, कला र संगीतको उर्वरभूमिका रूपमा पनि परिचित छ । भिडियोमा नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ जीवन्त बनाएको छ । 

प्रतिक्रिया